सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकको बढेको छ । आज सेयरबजार २१ दशमलव२७ अंकले बढ्दै २१ सय ४० को विन्दुमा पुगेर रोकिएको हो ।

कारोबार अवधिभर ३ सय २५ कम्पनीका १ करोड ४० लाख १४ हजार बढी कित्ता सेयरबाट ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त र व्यापार बाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ । कारोबारमा आएका १ सय ५० कम्पनीको सेयरमूल्य बढेको छ भने ८२ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here