चित्रबहादुर केसीले भने, ‘ठूला काण्ड मिलाउन एमाले कांग्रेस पार्टी मिलेको भए मान्य हुदैन’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारका ठूला काण्ड मिलाउन एमाले कांग्रेस पार्टी मिलेको भए मान्य नहुने बताएका हुन् । केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका हुन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नयाँ गठबन्धन बन्नुको कारण समेत सोधे । ‘आफ्नो भ्रष्टाचारलाई लुकाउन, जोगाउनका लागि यो खेल भएको हो भने यो राम्रो कुरा होइन’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here