रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लेखा समितिको चासो

काठमाडौं । सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण माग गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग जवाफ मागेको बताएको छ ।

लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । ‘उक्त कम्पनीको मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?,’ समितिले जवाफ मागेको छ ।

बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन, कुन(कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ ।

‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ । यसबारे नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here