सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो ।

यसअघि आइतबार प्रतितोला १लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here