भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छिन् ।

घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लैजाने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here