टेलिकमको दशैं अफर, रिचार्जकार्डमा २० प्रतिशत बोनस देखि २०० एमबी डेटासम्म

काठमाडौं, १३ असोज । नेपाल टेलिकमले दशैंलाई लक्षित गर्दै रिचार्ज गर्दा बोनस प्राप्त गर्ने अफर ल्याएको छ ।

असोज १८ गतेबाट सुरु भएर असोज २४ गतेसम्म लागु हुने यस अफरमा रु. ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत बोनस र रु. ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशतसम्म बोनस प्राप्त गर्न सकिने टेलिकमले बताएको छ ।

टेलिकमका अनुसार उक्त १० प्रतिशत बोनस ३ दिन भित्र प्रयोग गर्नुपर्नेछ भने २० प्रतिशत बोनस भने ५ दिनसम्म प्रयोग गर्न मिल्नेछ ।

साथै, एमपोस विधिबाट रु. १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० वा ५०० भन्दा धेरैको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले बताएको छ । उक्त बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यस्तै, नयाँ फोरजी प्रयोगकर्ताको लागि दुईदिनसम्म प्रयोग गर्न मिल्ने २०० एमबी डेटा बोनसको रुपमा प्रदान गरिने पनि टेलिकमले बताएको छ ।

पोस्पेड ग्राहकलाई निःशुल्क मिस्ड कल अर्लट र प्रिपेड ग्राहकलाई छठसम्म यहि अनुसारको सुविधा प्रदान गरिने कम्पनीले बताएको छ ।

बोनस बाहेक अन्य सबै अफरहरु आजैबाट लागु हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here