न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय, सडकमा नगरप्रहरी तैनाथ

काठमाडौं । न्युरोड क्षेत्रको स्थानीयले फुटपाथ विस्तार काममा पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय सडकमा उत्रिएपछी नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएको थियो । यससँगै महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।

काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे भत्काएर काम शुरु गरिसक्दा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरेका थियो ।

त्यसलगतै महानगरपालिकाले सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

सो आदेशको आधारमा सडक भत्काउन लाग्दा फेरी विरोध भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here