महाराजगञ्जमा खुल्यो ‘ड्रिम्स कम्स ट्रु’ फेसन हाउस

काठमाडौं, १३ असोज । महाराजगञ्जमा फेसन डिजाइन हाउस ‘ड्रिम्स कम्स ट्रु’ सञ्चालनमा आएको छ ।

लामो समय वैदेशिक रोजगारीमा बिताएर फर्किएका तीन जना उद्यमी मिलेर स्वदेशमै केही गर्ने उद्देश्यले उक्त डिजाइन हाउस खोलेका हुन् ।
फेसन हाउसको उद्देश्य आजै देश र समाजका लागि स्वदेशमै रहेर केही गर्नुपर्छ भन्ने रहेको सञ्चालकहरु बताउँछन् ।

महिलाले पनि एउटा पुरुष सरह जस्तोसुकै काम गर्न सक्छन् र जिम्मेवारी वहन गर्न सक्छन् भन्ने धारणाको विकास गर्न यस फेसन हाउसले पहल गर्ने सञ्चालिका ज्यास्मिन गुरुङले बताइन् ।

दश वर्ष बढी लामो वैदेशिक रोजगारीको सिप, सिकाइ र अनुभवलाई आफ्नो देशको लागि प्रयोग गरी केहि गर्ने र वैदेशिक रोजगारीमा रहेको समयमा आफूले भोगेका पीडा, भोगाईको सदुपयोग गरी स्वरोजगारी सिर्जना गर्ने यो फेसन हाउसको उद्देश्य भएको अर्की सञ्चालिका विमला गुरुङ बताउँछिन् ।

विदेशमा कमाएर पठाएको रेमिट्यान्सले भन्दा स्वदेशमै कमाएर देश र आफूजस्तै युवा तथा महिलाहरुलाई पनि सीप सिकाउने तथा सबल बनाउन सहयोग पुर्याउने उनीहरु बताउँछन् ।

डीसीटी फेसन हाउसमा आफूले रोजेको जुनकुनै फेसनको कपडा भाडामा लिन सकिने व्यवस्था समेत भएको सञ्चालक दिप सुन्दासले जानकारी दिए ।

साथै, महिला तथा पुरुष दुवैका लागि विभिन्न फोटोसुट, पार्टी तथा विशेष समारोहका लागि मेकअप र ड्रेसअफ गरी पूर्ण रुपमा तयार गराइन्छ । यसका साथै, होम डेलिभरीको पनि व्यवस्था रहेको छ ।

डीसीटी फेसन हाउसको उद्घाटन कार्यक्रममा गायिका प्रवीसा अधिकारी, बानीका प्रधान, शिला विष्ट, वरिष्ठ संगितकार किरण कँडेल, मदन कृष्ण श्रेष्ठकी छोरी सराना श्रेष्ठ, समाजसेवी पशुपती गुरुङ, अध्यक्ष संस्कार समाज नेपाल लगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here