१५ खर्ब ९२ अर्बको आयात हुँदा साँढे १ खर्ब निर्यात, व्यापार घाटा बढ्यो

काठमाडौं । आर्थिक बर्ष २०८०\८१ मा नेपालले १५ खर्ब ९२ अर्बको वस्तु आयात गरेको छ । नेपालले गत आर्थिक बर्षभरी १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको हो । यो अघिल्लो आवको तुलनामा १ दशमलव १६ प्रतिशतले कम हो ।

सो अवधिमा नेपालको निर्यात् भने १ खर्ब ५२ अर्ब रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो आवको यहि अवधिको तुलनामा ३ दशमलव३ प्रतिशतले कम हो । नेपालको व्यापारघाटा पनि १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here