सूर्योदय वोमीको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिनुपर्ने

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नु पर्नेछ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा साउन ७ गते साँझ ५ः०७ बजेसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

सेयर भर्नका लागि सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरको प्रयोग गर्नुपर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here