नेप्से परिसूचक २५६३ अंकमा, २८ महिना यताकै उच्च बिन्दुमा

काठमाडौं । मंगलबार सेयर बजार ७५ दशमलव ३३ अंक बढ्दा नेप्से परिसूचक २५६३ अंकमा पुगेको छ । जुन २८ महिना यताकै सबैभन्दा बढी हो ।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कारोबार १४ अर्ब ११ करोड पुगेको छ ।

सोमबार १३ अर्ब ९१ करोडको कारोबार भएको थियो । कारोबारमा आएका २२० कम्पनीको मूल्य बढयो । यता २० को घट्यो भने २ को स्थिर रह्यो ।

आज होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here