पेरिस ओलम्पिकको पहिलो दिनमै १३ स्वर्ण जित, कुन देशले जिते ?

काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिन १३ स्वर्ण पदकको छिनोफानो लागेको छ । जसमा अस्ट्रेलिया तीन स्वर्ण जित्दै पहिलो स्थानमा छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ ।

एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स, दक्षिण कोरिया, बेल्जियम, जापान, काजाकिस्तान, बेलायत, जर्मनी र हङकङ रहेका छन् । प्रतियोगिताकै पहिलो स्वर्ण जित्ने खेलाडी भने चीनका रहे ।

ह्वाङ युटिङ र सेङ लिहाओले दस मिटर एयर रायफल्सको मिक्ड स्पर्धामा स्वर्ण जितेका हुन् । पौडीतर्फ अस्ट्रेलियाले महिला चार गुणा सय मिटर फ्रि स्टाइलमा पहिलो स्वर्ण हात पारे । यस्तै ग्रेस ब्राउनले साइक्लिङको महिला टाइम ट्रायलमा स्वर्ण हात पारिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here