राइड सेयरिङको विरोधमा गण्डकीमा सार्वजनिक यातायातका साधन ठप्प

काठमाडौं । यातायात व्यवसायीहरुले आइतबार गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् । राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका छन् ।

व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here