सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि बजार स्थगित

काठमाडौं । आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेपछी कारोबार २० मिनेट स्थगित भयो ।

२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । अब ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here