११३ अकंले बढ्यो नेप्से, कारोबार पौने १६ अर्ब बढी

काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक उच्च अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिमै दुई पटक सर्किट ब्रेक लागेर बन्द भएको नेप्से १२ बजेपछि पून खुलेको हो । अन्तमा १ सय १३ दशमलव ४२ अंकले बढ्दै २६ सय ८१ दशमलव५६ को विन्दुमा पुगेर रोकिएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछी पहिलोपटक खुलेको बजार बढेर बन्द भएको छ । जसमा संस्थागत सेयर धितोकर्जाको सीमा हटाएपछी लगानीकर्ताहरु उत्साहित हुँदा बजारमा उच्च अंकको कारोबार भएको देखिन्छ । आईतबार ३ सय १८ कम्पनीका ४ करोड ३ लाख १४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार रुपैयाँ नाघेको छ ।

आज कारोबारमा आएकामध्ये लघुवित्तबाहेकका सबै समुहको परिसुचक उकालो लागेको छ । १ सय ४८ कम्पनीको सेयरमूल्य उकालो लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here