एक ऋणीले दुई लघुवित्तबाट ऋण लिन पाउने

काठमाडौं । एक ऋणीले अब दुई लघुवित्तबाट ऋण लिन पाउने भएका छन् । ७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गरेको छ । सामूहिक जमानीमा मात्रै कर्जा लगानी गर्न पाउने लघुवित्तमा पारिवारिक जमानीमा पनि कर्जा लगानी गर्न सक्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ ।

हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो ।

दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यका हकमा ७ लाख सीमा कायम गरिएको थियो । तर, अब प्रति परिवार २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा समेत प्रदान गर्न सकिने भएको हो । उक्त कर्जामा सामूहिक जमानी चाहिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here