नेप्से परिसुचक ओरालो लाग्दा कारोबारमा भने नयाँ रेकर्ड

काठमाडौं । साताको दोश्रो दिन सोमबार सेयर बजार २० दशमलव६३ अंक घटेको छ । नेप्से परिसूचक २६६० अंकमा झरेको छ ।

कारोबार सुरु भएको केही बेरमा नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो ।

बजार घटेपनी कारोबार रकम भने बढको छ । आज १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो ।

सोमबार ७० कम्पनीको मूल्य बढेको छ भने ४ को स्थिर रहेको छ । फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढेको छ भने बैंकिङ ०।६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०।५६ र व्यापार १७६ अंक घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here