डान्स वर्कशपमा छुरा प्रहारबाट दुई बालबालिकाको मृत्यु, नौ घाइते

काठमाडौं । बेलायतको हार्ट स्टिटस्थित बालबालिकाको नृत्य कार्यशालामा छुरा प्रहार हुँदा दुई बालबालिकाको मृत्यु भएको । छुरा प्रहारबाट नौ जना गम्भीर घाइते भएका छन् ।

साउथपोर्टको हार्ट स्ट्रिटमा टेलर स्विफ्टको थिममा आधारित कार्यक्रममा बालबालिकालाई बचाउन खोज्दा छुरा प्रहारबाट दुई जना वयस्कको अवस्था पनि गम्भीर रहेको मर्सिसाइड प्रहरीले जनाएको छ ।

लंकाशायरको बैंक्सका एक १७ वर्षीय किशोरलाई हत्या र हत्याप्रयासको आरोपमा पक्राउ गरेको छ ।

प्रहरीले आक्रमणको कारण अस्पष्ट रहेको तर आतङ्कवादसँग सम्बन्धित भने नठानिएको बताएको छ । एक जना प्रत्यक्षदर्शीले उक्त दृश्यलाई भयानकू भनी वर्णन गरे र भने कि उनीहरूले यस्तो कहिल्यै देखेका थिएनन्।

राजा र प्रधानमन्त्रीले पीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडितप्रति ुहार्दिक समवेदनाु प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here