एनएमबी र ओमले औपचारिकरुपमा एकीकृत कारोबार थाले, कुल पुँजी २० अर्ब पुग्यो

काठमाडौं, १३ असोज । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकले गत शनिबारदेखि एकीकृत कारोबार थालेका छन् ।

दुबै संस्था गाभिएपश्चात बैंकको चुक्ता पूँजी रु. ११ अर्ब ५३ करोड र कोष रु. ८ अर्ब ६२ करोड गरि कुलपुँजी परु. २० अर्ब १५ करोड पुगेको छ ।

मर्जपश्चात बैंकको नाम एनएमबी बैंक लि. र मुख्य कार्यालय एनएमबी भवन, बबरमहल, काठमाडौं रहेको छ । यो साबिकको एनएमबी बैंकको मुख्य कार्यालय हो ।

दुबै संस्था गाभिएपश्चातको एनएमीब बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा
गरी कुल शाखा सञ्जाल १ सय ६३, एटीएमहरुको सञ्जाल १ सय २८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

एकीकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो ।

एनएमबी बैंकमा नेदरल्याण्डको वित्तीय संस्था एफएमओ, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here