दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा सेयर बजार, २१ अर्ब ९१ करोड नाघ्यो कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो हालसम्मकै सबैभन्दा बढीको कारोबार हो। यसअघि अघिल्लो ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

आज बुधबार नेप्से ६४ दशमलव २५ अंक बढेको छ। यससँगै आज नेप्से परिसूचक २७६० दशमलव ९० अंकमा पुगेर बन्द भएको छ।

बुधबार कारोबारमा आएका १९१ कम्पनीको मूल्य बढेको छ । ४४ को घट्यो भने ७ को स्थिर रहेको छ । आज बैंकिङ १, विकास बैंक ३ दशमलव २, फाइनान्स ८, होटल तथा पर्यटन २ दशमलव ९, हाइड्रोपावर २दशमलव १, लगानी ६ दशमलव ८, जीवन बीमा २ दशमलव १, उत्पादन १ दशमलव ८, माइक्रोफाइनान्स ० दशमलव६३, निर्जीवन बीमा १ दशमलव ८७, अन्य ३ दशमलव ९ तथा ब्यापार समूह २ दशमलव७ प्रतिशतले बढेका छन् । होटल तथा पर्यटन समूहको सूचक पनि हालसम्मकै उच्च भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्रीइन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी, नेपाल रिपब्लिक मिडिया, कुथेली बुकरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ, प्रोग्रेसिभ फाइनान्स १० प्रतिशत बढेको छ। त्यस्तै ओरियन्टल होटल, समृद्धि फाइनान्स, मल्टिपर्पस फाइनान्स र फस्र्ट माइक्रोफाइनान्सको मूल्य१० प्रतिशतसम्म बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here