नेपाल एयरलाइन्सलाई अष्ट्रेलिया जाने बाटो खुल्यो

काठमाडौं, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच द्धिपक्षीय हवाई सेवा सम्झौता भएको छ ।

क्यानडामा जारी आइकाओको महासभाका अवसरमा दुबै मुलुकका सरकारबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौतासँगै अब नेपाल एयरलाइन्सले नेपालबाट सिधै अष्ट्रेलियासम्म उडान गर्न सक्ने बाटो खुला भएको छ ।

अष्ट्रेलिया अहिले धेरै नेपालीहरु रहेको मुलुक हो । सोहीकारण पनि यस मुलुकको सम्झौतालाई निकै रणनीतिक महत्वका रुपमा लिन सकिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार सम्झौता अनुसार दुबै मुलुकका वायुयानले एक अर्को मुलुकको तोकिएको विमानस्थलमा प्रतिसाता ७ उडान गर्न सक्ने गरी सम्झौता भएको छ ।

त्यसमध्ये नेपालका जहाजले अब पर्थ, मेलवर्न, सिड्नी र ब्रिसवेन गरी ४ विमानस्थलमा साताको ७ उडान गर्न सक्ने भएका छन् ।

अष्ट्रेलियाका अन्य विमानस्थलमा भने नेपाली विमानलाई असिमिति उडान संख्या दिइएको छ । नेपालमा भने अष्ट्रेलियाको जहाजले काठमाडौंमा ७ उडान गर्न सक्ने भएको छ ।

यसबाहेक पोखरा र भैरहवा विमानस्थलमा भने साताको २८ वटासम्म उडान गर्न सक्ने गरी सहमति दिइएको छ ।

कार्गो उडानमा समेत दुबै मुलुकबीच सहमति भएको छ । नेपालका जहाजले न्यूजिल्याण्डमा मध्यविन्दु मानेर पनि उडान गर्न सक्ने र अष्ट्रलियाका जहाजले भारतको नयाँ दिल्लीबाहेक अन्य एयरपोर्टलाई मध्यविन्दु मानेर उडान गर्न सक्ने गरी सम्झौता भएको सहसचिव आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here