प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । प्रम ओली छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड जाने भएका हुन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते आयोजना हुँदै छ। सम्मेलनमा सरकार प्रमुखको रुपमा ओलीले शिखर सम्मेलनमा सहभागिता जनाउने छन् ।

बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार र श्रीलंका सदस्य राष्ट्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here