परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन जाने

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमन जाने भएकी छन् ।

लम्साल बुधबार नेपाल र ओमनबीच हुने पहिलो द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिनका लागि ओमन जाने भएकी हुन् ।

उनले त्यहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुका साथै उच्चस्तरीय भेटवार्ता पनि गर्ने छिन् । लम्साल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल शुक्रबार फर्किने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here