प्राधिकरण सञ्चालकमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
आइतबार नै सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ। मन्त्रालयले आजनै मन्त्रिस्तरिय निर्णय गर्दै रिक्त पदमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् ।

७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो। सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत (नोटअफ डिसेन्ट)लेखेका थिए ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here