विश्व बैंकसँग १३ अर्ब २८ करोड सहुलियतपूर्ण ऋण लिने सम्झौता

काठमाडौं । नेपालले विश्व बैंकबाट १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब २८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा लिने भएको छ। सोमबार नेपाल सरकार र विश्व बैंकको अन्तरराष्ट्रिय विकास संघ आइडीएबीच सो सम्झौता भएको हो ।

नसो कर्जा नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी र सुरक्षामा सुधार ल्याउन तथा सडक सञ्जालको व्यवस्थापन गर्न सरकारको क्षमतालाई सुदृढ बनाउन उपयोगी हुने बताइएको छ ।

नेपालका प्रदेश र स्थानीय सरकारलाई एकआपसमा जोड्दै उनिहरुको क्षमता विकासमा सहयोग पुर्याउनेछ । कर्जाको उपयोग गर्दै प्रदेश तथा स्थानीय सडक सुधार कार्यक्रमको पहिलो फेजअन्र्गतक करिव ३ हजार किलोमिटर सडक तथा पुललाई सुधार गरिनेछ । यसबाट कर्णाली, सुदूरपश्चिम तथा मधेश प्रदेशका करिव १० लाख नागरिकलाई सहयोग पुग्नेछ ।

उक्त कर्जा सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव राम प्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपाल, माल्दीभ्स र श्रीलंकाका देशिय निर्देशक डेभिड सिस्लेनले हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here