नेप्से दोहोरो अंकले बढ्दा २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४० दशमलव ७६ अंकले बढ्दै २७ सय ९६ दशमलव३८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर ३ सय २६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट २१ अर्ब ८६ करोड ४९ लाख ९३ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ७ समुहको परिसुचक उकालो लागेको छ । त्यस्तै बाँकी समुहको परिसुचकमा गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here