काठमाडौंं । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छिन् । सोमबार नाटकीय रुपमा आएको बंगलादेशको राजनीतिक स्वरुपले एसियाकै शक्तिशाली महिला शासक मानिन्थिन् । उनीविरुद्धको आन्दोलनले चरम रुप लिएसँगै हसिनाले राजिनामा गरेकी छिन् ।
उनले देश छाडेको पुष्टी भएको छ । उनी भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् ।
आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन् । यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ ।
उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । बंगलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुनस् चर्किएको थियो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो ।
ुविभेदविरोधी विद्यार्थी आन्दोलनु को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।