ओलम्पिकमा भाग लिन गएका खेलाडीलाई भारत सरकारले पठायो ४० ओटा एसी

काठमाडौं । पेरिसमा ओलम्पिकका लागि गएका आफ्ना खेलाडीहरुलाई भारत सरकारले एसी पठाएको छ। भारतीय खेलकुद मन्त्रालयले पेरिसमा भारतीय खेलाडीका लागि ४० वटा एसी पठाएको हो।

चर्को गर्मी र आर्द्रता (ह्युमिडिटी)मा पेरिस ओलम्पिक आयोजकले खेलाडीलाई एसी उपलब्ध नगराएपछी भारत सरकारले आफै एसीको व्यवस्था गरेको बताएको छ ।

पेरिसमा केही दिनदेखि तापक्रम असह्य ४० डिग्री सेल्सियस पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here