भारी अंकले बजार घट्दा किन बढ्यो कारोबार !

काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसुचक अघिल्लो दिनको तुलनामा १४५ अंकले घटेर २६५१ अंकमा कायम भएको छ ।

सेयर बजार भारी अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ। आज २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो ।

मंगलबार कारोबारमा आएका सबै क्षेत्रका सूचक घटेका छन् । २३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढ्यो भने एउटाको स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here