१० अंकले बढ्यो नेप्से, ३१ करोडको कारोबार

काठमाडौं, १४ असोज । मंगलवार नेप्से परिसूचक १०.१३ अंकले बढेर १ हजार १ सय ४५.६९ अंकमा उक्लिएको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३.१९ अंकले बढेर २ सय ५०.२१ अंकमा उक्लिएको छ ।

मंगलवार होटल, समुहीक लगानी कोष र उत्पादन क्षेत्र बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

मंगलवार सबैभन्दा धेरै फाइनान्स समुहको सूचक बढ्यो । फाइनान्सको सूचक १.७३ प्रतिशत बढ्यो । त्यस्तै, अन्य समुहको १.४३ प्रतिशत, बैंकिङ्ग समुहको १.२३ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

मंगलवार १ सय ६६ कमपनीको १३ लाख ८६ हजार २८ कित्ता शेयर किनबेच हुँदा ३१ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै साईनर्जी पावर लिमीटेड कम्पनीका शेयर धनीले कमाए । साईनर्जीको शेयर मूल्य ६.८५ अंकले बढ्यो । त्यस्तै, यूनाईटेड फाइनान्सको ६.५९ प्रतिशत, रिलायन्स फाइनान्सको ६.३६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा सप्तकोशी विकास बैंकका शेयर धनी रहेका छन् । बैंकको शेयर मुल्य ९.०९ प्रतिशत घट्यो । त्यस्तै, सिवम सिमेन्टको ५.४५ प्रतिशत बढ्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बङ्गलादेश बैंक रहेको छ । बैंकले ७ करोड १ लाख २५ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here