सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ। बुधाबार १७ अर्ब ९५ करोडको कारोबार भएकोमा आज बढेर २० अर्ब पुगेको हो।

नेप्से परिसूचक भने यस दिन ६ दशमलव ७ अंक बढेको छ। आज सेयर बजार २७६६ अंकमा कायम भएको छ । कारोबारमा आएका ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रहेको छ।

आज उत्पादन समूह सबैभन्दा धेरै ५ दशमलव ८७ प्रतिशतले बढेको छ। त्यस्तै बैंकिङ ०दशमलव ५५, विकास बैंक ० दशमलव ६७, फाइनान्स ० दशमलव ४२, होटल तथा पर्यटन १दशमलव २७ अंकले घटेको छ। यता जीवन बीमा ० दशमलव ३०, माइक्रोफाइनान्स ० दशमलव ४४ तथा अन्य समूह ० दशमलव५५ प्रतिशतले घटेको छ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरलगायत ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here