हवाई विज्ञले मन्त्रीलाई के दिए सुझाव ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।

छलफलमा कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली लागू नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेकोलगायतको विषयमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।
क्यानको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त संस्थाबाट विज्ञ मगाउन सकिने सुझाव दिइएको थियो ।

दुर्घटनाको जाँच स्वतन्त्र नहुने गरेको, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने गरेको तथा त्यसको फलोअप नभएकाले त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझावहरु दिइएको थियो ।

क्यानको समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने त्यसका लागि विचाराधीन विधेयक संसदबाट पास गर्नेतर्फ पहल हुनुपर्नेमा पनि उनीहरुको जोड छ । मन्त्री पाण्डेले क्यानका पूर्वमहानिर्देशकहरुलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here