शरणार्थी शिविरबाट ओलम्पिक खेलेकी अफगानी खेलाडी अयोग्य ? कारण के हो ?

A cyclists rides on the Olympic rings during the Paris 2024 Olympic Games at La Concorde in Paris on August 5, 2024. (Photo by JEFF PACHOUD / AFP)

काठमाडौं । शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलासलाई “अफगानी महिलालाई स्वतन्त्र गर’’ लेखिएको पहिरन प्रदर्शन गरेपछि पेरिस ओलम्पिकमा अयोग्य घोषित गरिएको छ ।
विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार यसको जानकारी गराएको हो । २१ वर्षीया बी–गर्ल तलास नेदरल्यान्ड्सको इन्डिया सार्डजो विरुद्धको पहिलो प्रतिस्पर्धाको ठिक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन् ।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलातले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोसाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ । नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

सन् २०२१ देखि तालिबानको नियन्त्रणमा रहेको काबुलमा जन्मिएकी तलास देशबाट भागेर आफ्ना दुई दाजुभाइसँग स्पेनमा बस्दै आएकी छिन् । “मैले तालिबानसँग डराएर वा अफगानिस्तानमा बस्न नसकेर देश छाडेको होइन ।

मैले अफगानिस्तानका महिलाहरूका लागि,आफ्नो भविष्यको लागि देश छोडेको हो”, उनले प्रतियोगिता अघि भनेकी थिइन् । ‘मैले आफ्नो लक्ष्य पुरा गर्ने जोखिम लिएँ। मेरो हृदयमा डर छ तर म हार मान्दिनँ”, उनले भनिन् ।

पेरिस ओलम्पिकमा साइक्लिङ, एथलेटिक्स, पौडी खेल्ने र जुडो स्पर्धामा तालिबान सरकारले स्वीकार नगरेको तीन महिलासहित ६ जना खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए । रासस–एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here