सेयर बजारमा उछाल, कारोबारले बनायो नयाँ रेकर्ड

काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि २२ साउनमा २३ अर्ब ७१ करोडको रेकर्ड बनाएको थियो ।

आज बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो कारोबारको तुलनामा नेप्से परिसूचक ९४ दशमलव४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीको मूल्य बढ्दा १५ को घटेको छ भने २ को स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here