अष्ट्रेलियाको केन्स शहरमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

काठमाडौं। अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किदा पाइलटको मृत्यु भएको छ ।

उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ । हेलिकप्टरमा पाइलट मात्र सवार थिए ।

दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो। होटलको दुई जनालाई सामान्य चोट लागेपनी अवस्था सामान्य भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here