छानविन विशेष समितिले लियो सुमेरू सहकारीका सिंहसँग बयान

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारीका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ । उनी संस्था पुल्चोकका सदस्य हुन्।

बयानका क्रममा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ता गर्ने योजना रहेको सुनाए ।

साथै सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी उनले दिए । राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईं हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here