टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

३० साउन, काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक बुधबार प्रतिनिधि सभाले पारित गरेको छ ।

विधेयकलाई प्रतिनिधिसभाको बैठकले बहुमतबाट पारित गरेको हो ।

अबको दश दिनभित्र यो विधेयकलाई कानुनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य रहेको बताइएको छ। प्रतिनिधि सभाबाट पारित भएको सो विधेयक अब राष्ट्रिय सभामा जान्छ।

राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।

कानून,न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here