मार्जिन कारोबार सेवा शुरु गर्दै ब्रोकर नं ५०, कारोबार सुविधा सञ्चालन कार्यविधि तयार

काठमाडौं, १५ असोज । क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीज प्रा.लि. (ब्रोकर नं ५०) ले आफ्ना ग्राहाकका लागि मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने निर्णय गरेको छ ।

यसका लागि कम्पनीको संचालक समितिको असोज ६ गतेको बैठकले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि २०७६ पारित गरेको कम्पनीका अध्यक्ष प्रियराज रेग्मीले बताएका छन् ।

क्रिष्टललाई मार्जिन कारोबारका लागि नेपाल राष्ट्र बैंकले २०७५ चैत्र १४ गते अनुमति प्रदान गरेको थियो । उसले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट भने उक्त कारोबार संचालनको लागि २०७६ असार १२ गते अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्ड बाट सिडिएस एण्ड क्लियरिङ्ग लि.को धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाचौँ संशोधन २०७६) संशोधन भई २०७६ असोज १ बाट लागु भएपश्चात यो सेवा संचालनमाल्याउने बाटो खुलेको रेग्मीको भनाइ छ ।

कम्पनीले यो सुविधा संचालनमा ल्याएपछि ग्राहकले यस कम्पनीमार्फत तोकिएका धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्नेछन् । धितोपत्र बोर्डको निर्देशन र नेप्सेको मार्जिन कारोवार सुविधासम्बन्धी कार्यबिधि २०७५ को परिधिभित्ररहेर कम्पनीले आफ्ना ग्राहकका लागि सेवा प्रदान गर्नेछ ।

मार्जिन कारोबारसम्बन्धी ब्यवस्था नेपालको पूँजीबजारको विकासकालागि महत्वपूर्ण भएको रेग्मीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here