इन्भेष्टमेन्ट बैंक ३४ औं वर्षमा, वार्षिकोत्सवका अवसरमा अफरै अफर

क्लाउडपत्रिका
काठमाडौं १४, फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमिक मुद्दती खाता सुभारम्भ गरेको छ । बैंकले ३३ औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । इन्भेष्टमेन्ट बैंकको कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्नेछन । यो खातामा ग्राहकले हरेक महिना न्यूनतम ३ सय ३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाकाका लागि ९.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । थोरै थोरै नगदजम्मा गरेर पनि मुद्यती खाता खोली भविश्यकालागि आर्थिक जोहो गर्न सकिन्छ भन्ने कुरा जानकारीका लागि पनि यो योजना ल्याइएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले बालबालिकाका लागि पनि चित्र कथा प्रकाशन गरेको छ । बालबालिकामा वित्तिय साक्षरता विस्तार गर्ने उद्देश्यले ‘चित्रकथा’ सार्बजनिक गरेको बैंकले जनाएको छ । वालवालिकालाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरुमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले जानकारी मूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।

 

यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टर कार्डबाट एटीएम र पीओएस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here