१ दिनमै १ करोड ४०लाखले गरे रोनाल्डोको युट्युब सब्सक्राइब

काठमाडौं । विश्वप्रशिद्ध फुटबलर किश्चियानो रोनाल्डोले खेल जीबनमा धेरै रेकर्डहरु राखिसकेका छन् । ‘मैले रेकर्ड होइन रेकर्डले मलाई पछ्याउछ’ भन्ने उनकै भनाई फेरी सत्य सावित भएको छ । रोनाल्डोले युट्युव च्यानल खोलेर फेरी नयाँ रेकर्ड राखेका छन् ।

उनको युआर किश्चियानो नामक युट्युव च्यानल खोलेको एक दिनमा यो समाचार तयार पार्दा सम्म १३ दशमलवव ४ अर्थात १ करोड ४० लाख भन्दा बढी सब्सक्राइबर बनाइसकेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले च्यानल खोलेको ९० मिनेटमै करिब १० लाख सब्सक्राइबर पुगेका थिए ।

रोनाल्डोको युट्युब च्यानलमा १९ ओटा भिडिओ राखेका छन् ।

त्यसो त विशेषगरी युट्युबमा ‘स्पोर्ट्स’ विधामा सबैभन्दा रोनाल्डोको भिडियो हेरिने गरिएको छ ।

च्यानल सञ्चालनमा ल्याउदै उनले इन्ताग्राम पोष्टमार्फत लामो समयदेखि यो परियोजना मष्तिष्कमा रहेको बताए । आफ्नो युट्युब च्यानलमा उनी र उनको परिवारका बारेमा भिडियोहरु राखिने बताइएको छ । त्यसो त रोनाल्डो फेसबुक, इन्स्टाग्राम र एक्समा सबैभन्दा बढी फलोअर हुने व्यक्ति हुन् । उनले आफ्नो युट्युव च्यानललाई उनको बहुचर्चित ‘स्युयु ‘सेलिब्रेसन कै स्टाइलमा रोचक ढंगले स्युसक्राइब गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here