सुनको मूल्य घटेपनी तोलाको साढे १ लाख भन्दा माथि

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेको हो ।

सुनको मूल्य घटेपनी तोलाको साढे १ लाख भन्दा माथि नै छ। बिहीबार सुनको भाउ १ लाख ५१ हजार ९सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा सुन किनबेच भएको थियो ।

यता, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रूपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here