परराष्ट्रमन्त्री राणा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमण सकेर स्वदेश फर्किंदैछिन् ।

मन्त्री राणा आज दिउँसो साढे तीन बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन गरेर भ्रमणबारे ब्रिफिङ गर्नेछिन्। उनी आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी थिइन् ।

उनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, भारतीय जनता पार्टीका विदेश विदेश विभागका प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here