ओरालो लाग्यो शेयर बजार, नेप्से ५ अंकले घट्दा २० करोडको कारोबार

काठमाडौं, १५ असोज । मंगलवार केही सुधारमा देखिएको शेयरबजार बुधवार पुनः ओरालो लागेको छ । बुधवार नेप्से परिसूचक ४.८९ अंकले घटेर १ हजार १ सय ४०.७१ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.४३ अंकले घटेर २ सय ४९.७८ अंकमा झरेको छ ।

बुधवार १ सय ६१ कम्पनीको ७ लाख ८५ हजार ७ सय ४० कित्ता शेयर बिनबेच हुँदा २० करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार अन्य र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक २.६७ प्रतिशत घट्यो । त्यस्तै, र्निजीवन बिमा कम्पनीको १.१४ प्रतिशत, जजीवन बिमा कम्पनीको १.०७ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै नेपाल हाइड्रोका शेयर धनीले कमाए । नेपाल हाइड्रोको शेयर मूल्य ६.३८ प्रतिशत बढ्यो । त्यस्तै, आँखुखोला जलविद्युतको ५.६६ प्रतिशत, यूनाइटेड फाइनान्सको ५.१५ प्रतिशतले बढ्यो अने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनरका शेयर धनी छन् । हिमालयन पार्टनरको शेयर मूल्य ५.३६ प्रतिशत घट्यो । त्यस्तै, सुर्य लाइफ इन्स्योरेन्सको ५.्०५ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा बैंक अफ काठमाडौं रहेको छ । बैंकले २ करोड २२ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here