६ अंकले उकालो लाग्यो नेप्से, १९ अर्ब १६ करोडको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा उच्च उतारचढाव आउदै ६.०१ अंकले बढेर बन्द भएको छ । दिउँसो १२:४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगेको बजार फेरी घटेको हो ।

आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो ।

बिहीबार विकास बैंक समूह बढी ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढेको छ भने ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।

आ तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here