सामान्य घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ४ सयमा झरेको हो।

बिहीबार प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेर १८ सय १५ रुपैयाँमा झरेको छ। बिहीबार चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here