एसिड आक्रमणमा पेरेकि मुस्कान खातुनलाई अमिताभ बच्चनले भिडियो सन्देशमा भने ‘हिम्मतवाली बालिका’

काठमाडौं, १५ असोज । बलिउडका सुपरस्टार अमिताभ बच्चनले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भिडियो सन्देशको माध्यमबाट स्वास्थ्य लाभको कामना गरेका छन् ।

खातुनको उपचारमा गरिरहेका उज्वल विक्रम थापाले खातुनको बारेमा थाहा पाएपछि खातुनको स्वास्थ्य लाभको कामना सहित अमिताभले सन्देश पठाएका हुन् ।

अमिताभले उक्त भिडियोमा खातुनमाथि भएको उक्त घटना थाहापाएसंगै दुःख लागेको बताएका छन् ।

अमिताभले मुस्कानलाई मुस्कान सधैं मुस्कुराईरहने र हिम्मतवाली बालिकाको रुपमा बुझेको बताए ।

‘तपाईंको नाम अति सुन्दर छ,’ उनले भनेका छन्, ‘मुस्कानको अर्थ कति राम्रो हुन्छ, तपाईको अनुहारमा निरन्तर मुस्कान छाई रहोस ।’

भिडियो सन्देशमा अमिताभले आगामी दिनमा अन्य बालिकाहरुमा यस्तो घटना नहोस् भन्दै अपराधीलाई नेपालको कानुन अनुसार कारबाही हुने अपेक्षा गरेका छन् ।

खातुनलाई गत भदौ २० गते दुई जना युवाले अनुहारमा एसिड छ्यापेर भागेका थिए ।