सेयर बजारमा उच्च अंकको गिरावट, १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा नेप्से परिसूचक ७९ दशमलव ८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । आज सेयर बजारमा कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

६० कम्पनीको मूल्य बढेको छ । त्यस्तै १८४ कम्पनीको घटेको छ ।

आज बैंकिङ ३ प्रतिशत३१, विकास बैंक २ दशमलव ४४, फाइनान्स ३ दशमलव५०, होटल तथा पर्यटन २ दशमलव ३८, हाइड्रोपावर ३ दशमलव ०४, लगानी ३ दशमलव ८३, जीवन बीमा २ दशमलव ५०, उत्पादन १ दशमलव ९८, निर्जीवन बीमा २ दशमलव ३२, अन्य ३ दशमलव ५५ र व्यापार समूह १ दशमलव ७६ प्रतिशतले घटेका छन् ।

यता माइक्रोफाइनान्स भने १ दशमलव ०८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here