ओमानका विदेशमन्त्री सोमबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमबार नेपाल आउँदैछन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here