गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई दिए जनताको मुद्दा बोक्न निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई जनताको मुद्दा बोक्न निर्देशन दिएका छन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।

सो अवसरमा मन्त्री लेखकले सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको जानकारी दिए ।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ भन्दै उनले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने विश्वास व्यक्त गरे ।

यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here