१११ अंकले घट्याे नेप्से,१८ अर्ब ६४ कराेडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार १११.९६ अंकले घटेको छ। आज अघिल्लाे काराेबारकाे तुलनामा ८० अङ्कले नेप्से २७८२ अंकमा कायम भएर बजार बन्द भएको छ । सेयर बजारमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काराेबारमा आएका २० कम्पनीको मूल्य बढ्दा २२३ वटाको घटेकाे छ । यता एउटा कम्पनिकाे मूल्य भने स्थिर रहेकाे छ । आज होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्दा अरु सबै क्षेत्रका सूचक उच्च दरले घटेकाछन् ।

साे दिन बैंकिङ समूह ४.९५, विकास बैंक ४.१८, फाइनान्स ४.६९, हाइड्रोपावर ३.९६, लगानी ४.१३, जीवन बीमा ३.६५, उत्पादन २.९३, माइक्रोफाइनान्स २.९६, निर्जीवन बीमा २.४५, अन्य ३.८५ र व्यापार समूहको सूचक २.१६ प्रतिशत घटेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here